Tuesday, June 26, 2012

उफ्फ़ फेरी हार्यो नेपाल :(


भक्खरै सम्पन्न भएको ACC Asia Cup u-19 को जित्नैपर्ने खेल मा भारतले नेपाललाई  81 रनले  हराएपछि नेपालको Asia Cup को यात्रामा भने पुर्णबिराम लागेको छ . गेद्बाजमा कसिलो देखिएपनि  बल्लेबाज़हरु  चम्किन नसकेपछि नेपाल बाहिरिनुपरेको हो. क्रिकेट मात्र होएन, फूटबल मा पनि नेपाल को एस्तै हालत देख्नुपरेको थियो .
  
मलाई लाग्छ हाम्रो देशको खेलकुद छेत्रलै पक्कै पनि कुनै ग्रहण लागेको छ होला .. नत्रभाये  कुनै दिन अगाडी दुवै क्रिकेट र फूटबलमा नेपालले जोडदार प्रदर्शन गरेको थियो नि.. कुन्नि के  भएको हो अहिले !! न त फूटबल मै टिक्न सकेको छ न त क्रिकेट मा!
ज होस् दुवै खेललाई मध्यनज़र गर्ने हो भने हाम्रो टिमको मुख्य कमजोरी भनेकै training को अभाव हुनु हो ..
"जब रति अनि बुडी ताती " भनेको जस्तै अन्तिम बेला मा आएर training  गरेपछि अनि कसरि जितिन्छ त पासा ठुलो प्रतियोगिता हरु !!! सायद यो कुरालै अलि धेरै ध्यान दिने हो कि ??

No comments:

Post a Comment